
मृृत्यु हुने बालक त्रियुगा नगरपालिका–१२ की कोपिला खड्काका ६ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।
शुक्रबार अपराह्न १ बजेतिर बालक आफैं छिमेकीको निर्माणाधीन घरमा गएर खेल्नेक्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो ।
घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए । रासस
प्रतिक्रिया दिनुहोस्