Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


गन्डकी प्रदेशः दुई विधेयक प्रस्तुत्


0
Shares

पोखरा, पुस २६ । गन्डकी प्रदेशसभाको बिहीबारको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत् भएको छ ।

सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत् गरे ।

सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धमा जिल्ला सहकारी संघका अध्यक्ष, सहकारी विज्ञ, अन्य सरोकारवालासमेतसँग अन्तरक्रिया गरिएको बताए ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बागलुङ–२ (ख)बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको मंसिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएका कारण उक्त क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिए ।

अर्को बैठक आगामी माघ ८ गते दिनको १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिए । रासस