१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार, ५० भन्दा बढीको मृत्यु


0
Shares

घटनामा २ सयभन्दा बढी घाईते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

लस भेगासस्थित मान्डेले बे रिजोर्ट एन्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

खुला ठाउँमा आयोजित कन्सर्ट नजिकैको होटलको ३२ औं तलाबाट ६४ वर्षीय स्टेफेन प्याडोकले गोली प्रहार गरेको अधिकारीहरुले बताएका छन् ।

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । घटनामा ज्यान गुमाउनेमा ड्युटी सकाएका प्रहरी अधिकारी बढी छन् ।

घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड मध्ये एक हो ।(एजेन्सी)