१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


अमेरिकी नागरिकलाई बन्दुक राख्ने अधिकार दिनु नै ‘घातक’


0
Shares

लस भेगास आक्रमणलाई बन्दुक राख्ने परम्पराबाट हुने नोक्सानीसँग जोडेर हेरिएको छ ।

सन् २०१४ मा जब अमेरिकाको जनसंख्या लगभग ३२ करोड थियो, प्रहरी र नागरिकसँग गरी ३७ करोडको संख्यामा हतियार नै थियो ।

सन् २०१४ मा दर्ता भएका हत्याका १४ हजार २ सय ४९ मुद्दामा ६८ प्रतिशत अर्थात ९ हजार ६ सय ७५ मुद्दा बन्दुकको प्रयोग गरिएबाट भएका घटनासँग जोडिएका थिए ।

सोही वर्ष ५९ लाख अपराधका घटना भएकोमा ६ लाख मामिलामा बन्दुकको प्रयोग गरिएको थियो ।

सरकारी अध्ययन अनुसार अमेरिकामा १७ वर्षभन्दा कम उमेरका करीब १३ हजार बालबालिका प्रत्येक वर्ष बन्दुकको आक्रमणबाट घाईते हुने गरेका छन् ।

एक वर्षमा बन्दुक आक्रमणबाट मर्ने अमेरिकीको दर प्रति एक लाखमा दश जना रहेको छ ।

अमेरिकामा करीब ५५ लाख निजी हतियार उत्पादन गरिन्छ । जसको ९५ प्रतिशत अमेरिकामा नै खपत हुन्छ ।(एजेन्सी)