Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


सिमा बचाउ अभियान अगुवा यादवलाई भारतीय जेलबाट छुटाउने प्रक्रिया सुरु


0
Shares

भारतको सुपौलजिल्लास्थित कुनौली थानामा मंगलवार भारतीय र नेपालका अधिकारीहरुबीच छलफल गरी छोटोरुपमा कानूनी प्रक्रिया पूरा गरी देवनारायण र उनका छोरालाई छुटाउने प्रक्रिया सुरु गरिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले आफू भारतको कुनौली थाना पुगेर सुपौलको सुरक्षा अधिकारीसँग कुरा गरेर देवनारायण र उनको छोरालाई छुटाउने प्रक्रिया सुरु गरेको बताए ।

‘कुनौली थानामा आफै पुगेर प्रतिबेदन तयार गराएर आएकोले बुधवारसम्ममा देवनारायण छुट्नेछन्,’ उनले भने, ‘उनको छोराको रिहाईमा केही समय लाग्न सक्छ ।’

तर दुबै जनालाई छिटो भन्दा छिटो छुटाउन ज्योती कुमारीको आफन्तलाई भेटेर उनको उमेरको प्रमाण थानामा बुझाएको उनले बताए ।

ज्योती कुमारीको आधार कार्डबाट उनको उमेर १८ बर्षभन्दा बढी रहेकोले उनीहरुलाई छुटाउन सहज भएको प्रजिअ पाण्डेले बताए ।

भारतीय सुरक्षाअधिकारीले ज्योतीको बयानपछि छुटाउन सहज हुने भनेकाले मंगलबार ज्योतीलाई बीरपुर न्यायालय पठाइएको उनले बताए । -कान्तिपुर दैनिकबाट