१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

नेप्से १३ अंकले झरेर १५ सय ४२ मा आएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागे ।

यसदिन बिमा, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक, व्यापार र वित्त समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ३५ अंकको गिरावट आयो । जलविद्युत् समूहमा २७ अंक अनि विकास बैंक समूहमा पनि २२ अंकको कमी आयो ।

वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आउँदा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् । होटल, उत्पादनमूलक र अन्य समूह भने सकारात्मक रहे । होटल समूह २८ अंकले उकालो लागेको हो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको मात्र ६ लाख ६० हजार कित्ता सेयर जम्मा २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।