१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


टीका लगाउन मामाघर गएका किशोरको पोखरीमा डुबेर मृत्यु


0
Shares

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अविनाश चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

दशैँको टीका लगाउन अविनास मामाघर आएको बेला सोही गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयवासीले जानकारी दिएका छन् ।

उनलाई पोखरीबाट उद्धार गरी उपचारको लागि सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस