यस दिन तालबाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास बाकेका कास्कीसहित छिमेकी जिल्लाका दर्शनार्थी पोखरा पुगेका हुन् ।
दर्शनका लागि फेवातालमा डुँगा चढेर मन्दिर जानेको बिहानैदेखि घुईचो छ । घुँइचो बढेपछि डुंगा ब्यवसायीले थप डुंगाको ब्यवस्था गरेका छन् ।
आजमात्रै २५ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्ने छन् ।
यसअघि विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा भीड हुने गरेकामा आज भने फेवातालको बीचमा रहेको तालबाराहीको दर्शन गर्नैपर्ने मान्यताले विदेशी पर्यट पनि मन्दिर पुगेका छन् ।










प्रतिक्रिया दिनुहोस्