
चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा सन्चालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसीयन मन्दिरको रुपमा चिनिन्छ ।
सन् १०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय सन् १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो । त्यसलाई सन् १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरी बनाइएको थियो ।
सो कन्फ्युसीयन मन्दिरमा तीन तहसम्म कन्फ्युसियस शिक्षा र उनका मुल्य मान्यताहरुका बारेमा पढाइने गरिएको थियो ।
नयाँ चीन बनेपछि सो मन्दिर मर्मत संहारको अभावमा जीर्ण बन्दै गएको थियो र एकपटक प्राथमिक विद्यालयको लागि प्रयोग भएको थियो ।
पछिल्लो समयमा स्थानीय सरकारले सन् २००५ मा पुर्ननिर्माण गरेको थियो भने सर्वसाधारणका लागि सन् २०१०मा खुल्ला गरेको थियो ।
चीनको नयाँवर्षको अवसर पारेर अहिले त्यसलाई मन्दिरबाट कन्फ्युसीयन शिक्षा फेरी सुरु गरेर विद्यालयको रुपमा सन्चालनमा ल्याइएको हो । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्