१३ जेष्ठ २०८२, मंगलबार | Wed May 28 2025


‘उत्तर कोरिया पुनः लामो दुरीको क्षेप्यास्त्र परीक्षणको तयारीमा’


0
Shares

उत्तर कोरिया भ्रमणबाट फर्केका रुसी सांसदहरुका अनुसार उत्तर कोरियाले अमेरिकालाई निशाना बनाउन सक्ने क्षमताको क्षेप्यास्त्र परीक्षणको तयारीलाई तीव्र तुल्याएको छ ।

हालै रुसी संसदको अन्तर्राष्ट्रिय मामलासम्बन्धी कमिटीका सदस्य एन्टोन मोरोजोभ र अन्य दुई सांसदले उत्तर कोरियाको भ्रमण गरेका थिए । मोरोजोभका अनुसार उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको बताएका हुन् । उक्त क्षेप्यास्त्रले अमेरिकाको पश्चिमी तटसम्म परमाणु हतियार प्रहार गर्न सक्ने उनको भनाइ छ ।

निकट भविष्य मै उत्तर कोरियाले उक्त क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी आफूले पाएको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाउँदै आए पनि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । (एजेन्सी)