१३ जेष्ठ २०८२, मंगलबार | Wed May 28 2025


हवाई कारबाहीमा १२० जना ‘आइएस’ लडाकू र ६० सैनिक मारिए


0
Shares

रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घन्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ ।

मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन् ।

त्यसैगरी, थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारहिरुले जनाएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ ।

यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ ।

लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । (रासस/एफपी)