११ असार २०८२, बुधबार | Thu Jun 26 2025


डोल्पा कांग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेदवार सिफारिस


0
Shares

१३औं महाधिवेशनबाट निर्वाचित वर्तमान जिल्ला कार्यसमिति अवैधानिक भएको भन्दै वर्तमान जिल्ला कार्यसमिति र पूर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय पक्षधरबीच पटक–पटक भइरहेको विवाद कायमै छ ।

डोल्पा कांग्रेसका प्रमुख नेताबीच आन्तरिक विवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेदवार पनि समूहगत हिसाबमा सिफारिस गरिएका छन् ।

यहाँबाट दुईओटा प्रदेश र एउटा संघको चुनावका लागि जिल्ला कार्यसमितिको निर्णयअनुसार क्षेत्र नम्बर–१ बाट वेगमसिंह ठकुरी र क्षेत्र नम्बर–२ बाट कर्णबहादुर बूढालाई प्रदेशको उम्मेदवारकोरुपमा केन्द्रमा सिफारिस गरिएको जिल्ला पार्टी सभापति अंगतकुमार बूढाले जानकारी दिए ।

असन्तुष्टको छुट्टै उम्मेदवार
जिल्ला कार्यसमितिको निर्णयलाई बेवास्ता गर्दै जिल्ला पार्टी सचिवसहितको प्यानलले आफ्नै हिसाबमा उम्मेदवार सिफारिस गरेकोे छ ।

उक्त समूहले प्रतिनिधिसभाका लागि दीलबहादुर विष्ट र सुरेश शाहीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

त्यस्तै, सो समूहले १ नम्बर क्षेत्रबाट मीनकुमार शाही, २ नम्बरबाट पार्टीका पूर्वसभापति टंकप्रसाद उपाध्यायको नाम प्रदेशमा सिफारिस गरेर केन्द्रमा पठाएको छ । रासस