
यस्तै गतिविधि भइरहे क्याटालन क्षेत्रको स्वायत्तता स्थगन गर्ने विषयलाई नकार्न नसकिने चेतावनी पनि उनले दिएका छन् ।
यसैगरी उनले यस विषयमा कुनै पनि मध्यस्थता जरुरी नभएको र नस्वीकारिने पनि प्रष्ट गरे ।
यसअघि स्पेनमा स्वतन्त्र क्याटालोनियाका लागि भएको बिबादित जनमत संग्रहपछी अखण्ड स्पेन पक्षधरले र्याली निकालेका छन् ।
स्पेनको मड्रिडमा आयोजित र्यालीमा हजारौ मानिस सहभागी भए । बार्सिलोनामा पनि स्वतन्त्र क्याटलन पक्षधर र स्पेन सरकारबीच राजनीतिक वार्ताको माग गर्दै प्रदर्शन गरिएको हो ।
४३ प्रतिशत मात्र जनता सहभागि गत आइतबार सम्पन्न जनमत संग्रहमा २३ लाख मत खसेको थियो ।
जसमध्ये ९० प्रतिशतले स्पेनबाट क्याटालन स्वतन्त्र हुनुपर्छ भन्दै मत दिएका थिए ।
स्वतन्त्र क्याटालनका लागि भएको बिबादित जनमत संग्रहपछी स्पेनमा राजनीतिक संकट चुलिँदा यसको असर अर्थतन्त्रमा पनि परेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्