१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन


0
Shares

रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् ।

नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।

विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध र्‍याली निकालिएको हो ।

विपक्षी नेता नभाल्नीलाई सार्वजनिक बैठक गर्दा मान्नुपर्ने नियम उल्लंघन गरेको भन्दै बीस दिनका लागि जेलमा राखिएको छ ।

रुसी निर्वाचन अधिकारीहरु नभाल्नीको अर्को निलम्बित जेल सजायकै मार्च महिनामा हुने निर्वाचनमा नमाल्नी उम्मेदवार बन्न नपाउने बताइरहेका छन् ।

पछिल्ला महिनाहरुमा रुसभर यात्रा गर्दै चुनावी अभियान चलाउँदै आएका नभाल्नीले पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्‍यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।

रुसको दोस्रो ठूलो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करुबि तीन हजार सहभागी रहेको र धेरैले ‘नभाल्नी २०१८’ लेखिएका ब्यानर बोकेका थिए । (एजेन्सी)