
आफ्नो ट्वीटमा उनले ‘राष्ट्रपति र उनीहरुको सरकारले २५ वर्षसम्म उत्तर कोरियासँग वार्ताद्वारा समस्याको समाधान निकाल्न खोजे । सहमतिहरु भए, ठूलो मात्रामा पैसा पनि सकियो तर त्यसले काम गरेन । सहमति पत्रको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम भयो ।’ भन्ने उल्लेख गरेका छन् ।
अब त्यस्ता वार्ता र सहमतिले समस्याको समाधान ननिस्कने भन्दै ट्रम्पले ‘सरी, अब एउटै चिजले मात्र काम गर्नेछ !’ भनेका छन् ।
तर उनले त्यो एउटा चिज के हो भन्नचाहिं खुलाएका छैनन । बरु ट्वीटको आशय चाँडै नै थाहा हुने बताएका छन् ।
बेला बेला ट्वीटमार्फत् उत्तर कोरिया र तिनका नेताविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
पछिल्लो समय उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा वाकयुद्ध चलिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्