१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


‘नेट आँधी’ मिसिसिपी पुग्यो, न्यु ओर्लिएन्समा कर्फ्यूको घोषणा


0
Shares

१३७ किलोमिटर प्रतिघन्टाको दरले आएको आँधी मिसिसिपीबाट उत्तरतर्फ अघि बढीरहेको ‘द यूएस न्याशनल हरिकेन सेन्टर’को मौसमविद्हरुले जनाएका छन् ।

सो आँधी लुजियाना, मिसिसिपी, अलबामा र फ्लोरिडासम्म पुग्ने पुर्वानुमान गरिएको छ । यसअघि सो आँधीले निकारागुआ र होन्डुरसमा तहल्का मच्चाएको थियो ।

सम्भावित घटनालाई ध्यानमा राखी खाडीका तटीय क्षेत्रको पाँच ओटा बन्दरगाहहरुमा पानी जहाज आवत–जावतमा रोक लगाइएको छ भने मेक्सिकोको खाडीमा तेल उत्पादन प्रशोधन केन्द्रहरु बन्द गरिएका छन् ।

उता, न्यु ओर्लिएन्समा साँझको ६ बजेपछी कर्फ्यूको घोषणा गरिएको छ । यो आँधी बिगतका ‘इर्मा’ र ‘मारिया’भन्दा शक्तिशाली नभएतापनि उच्च गतीको हावा र भारी बर्षा हुने भएकाले निकै नै डरलाग्दो रहेको बताइएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुजियाना प्रान्तमा आपतकाल घोषणा गर्नुका साथै केन्द्रिय सरकारलाई आँधी प्रभावितहरुका लागि आर्थिक सहायताको लागि अपील गरेका छन् । एजेन्सी