१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शन, साँढे तीन लाख मानिस सडकमा


0
Shares

अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै एकताका पक्षमा एक स्वरले नारा घन्काएका छन् ।

तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएर असन्तुष्टीका विषयलाई वार्ता र संवादको माध्यमबाट सुल्झाउन आग्रह गर्दै मुलुक विभाजनको बाटोमा नलाग्न सचेत गराएका हुन् ।

स्पेन र क्याटालन दुबै झण्डा हातमा बोकेकाहरुले एकता नै बल हो भन्ने नारा घन्काए ।

विभाजनकारीले प्रदर्शन गरेभन्दा निकै ठूलो संख्यामा मानिसहरु एकताका लागि आह्वान गर्न सडकमा ओर्लिएको बताइएको छ ।

प्रहरीले साँढे तीन लाख मानिस सडकमा ओर्लिएको बताए पनि आयोजकहरुले भने यो संख्या साँढे नौ लाख भएको दावी गरेका छन् ।

¥यालीलाई पूर्व मन्त्रीहर, नोबेल पुरस्करा बिजेतालगायत दिग्गज ब्यक्तित्वहरुले संबोधन गर्दै मुलुक विभाजन गर्ने बाटोमा नलाग्न क्याटालन नेताहरुलाई अपील गरे ।