Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


चीनबाट फर्काइए ११ नेपाली


0
Shares

काठमाडौं, पुस २५ । भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् ।

रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो । एकजनालाई भने प्रहरीले थप अनुसन्धान गर्न भन्दै फर्काएको छैन ।

गत असार तेस्रो साता दुई चरणमा गरी १४ नेपाली चीनको साङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पो गएका थिए । –कान्तिपुर दैनिकबाट