२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘जेष्ठ नागरिक सम्बन्धी ऐन बनाउन समय अभाव’


0
Shares

सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले  जेष्ठ नागरिक सम्बन्धी ऐन बनाउन समय अभाव भएपनि यही संसदबाट जारी गर्ने प्रयास भइरहेको बताइन् ।

राज्यले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, सवारी साधनमा छुट, उपचार खर्च लगायतका सुविधा दिँदै आएपनि प्रभावकारी ढंगले लागू हुन नसकेको मन्त्री कोइरालाको भनाइ थियो ।

सन्तान जवाफदेही नबनेसम्म जेष्ठ नागरिकले सुख नपाउने भन्दै उनले ऐन पारित गराउन आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा जेष्ठ नागरिक महासंघका अध्यक्ष रामनगीना सिंहले जेष्ठ नागरिकमाथि हुनसक्ने विभेद र दुर्व्यवहार रोक्न र दोषीमाथि कारबाही गर्न प्रभावकारी कानुन आवश्यक पर्ने बताए ।