१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो : कमल थापा


0
Shares

काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन भएकाले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले सरकारले हरेक संवैधानिक निकायमा आफूनिकटका मान्छे भर्ती गरेर नीतिगत भ्रष्टाचार गरिरहेको बताए ।

विदेशीको आर्थिक सहयोगबाट चुनाव जितेकाहरुको सरकार पनि विदेशीहरुबाटै निर्देशित भइरहेको थापाको भनाइ थियो ।