
डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन् ।
डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्