१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


पानी रङ चित्रकला प्रदर्शनी (भिडियोसहित)


0
Shares

पानी रङबाट कोरिने चित्रकलाको ऐतिहासिक महत्वसमेत रहेको भन्दै उनीहरुले जगेर्ना गर्नुपर्ने आवाज उठाएका हुन् ।

पानी रङद्वारा गरिने चित्रकला प्राचीन विधाअन्तर्गत् नै पर्दछ । नेपालका ऐतिहासिक चित्रकलामा पानी रङद्वारा गरिने चित्रकलाको पनि विशेष स्थान रहेको छ ।

यस किसिमको चित्रकलाले छुट्टै विधाकोरुपमा मान्यता पाउनुपर्ने चित्रकारहरुको भनाइ छ ।

बबरमहलस्थित आर्ट ग्यालेरीमा अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीले यही असोज २० गतेदेखि २७ गतेसम्म पानी रङ चित्रकला प्रदर्शनी गरेको छ ।

यस विधाको चित्रकलाले व्यावसायिकरुप पाउँदै गरेकाले छुट्टै विधाकोरुपमा राज्यले मान्यता दिनुपर्ने सोसाइटीका अध्यक्ष डी.राम पाल्पालीले बताए ।

प्रदर्शनीमा पानी रङ पोतिएका ४० भन्दा बढी चित्रहरु राखिएका छन् । चित्रकलामा देशको कला, संस्कृति, भेषभूषा, प्राकृतिक सुन्दरता प्रस्तुत् गरिएको छ ।

पानी रङबाट चित्र कोर्नेहरुका लागिसमेत जीवन निर्वाह गर्ने आधार तयार भएकाले आफूहरु निकै खुसी र उत्साहित भएको चित्रकारहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस्