
राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसद्मा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरिएको थियो ।
तर क्याटलोनियाको स्थानीय संसद्लाई सम्बोधन गर्दै काल्र्स पुज्डमोनले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसँग समस्या समाधानका लागि वार्ता गर्ने बताएका छन् ।
यद्यपी नेताहरुले स्पेनबाट स्वतन्त्र बन्ने घोषणपत्रमा भने हस्ताक्षर गरेका छन् । घोषणापत्रमा क्याटलोनिया एक स्वतन्त्र र सार्वभौमसत्ता राज्यको रुपमा पहिचान गरिएको छ ।
गत अक्टोबर १ मा भएको जनमत संग्रहमा बहुमत नागरिकले स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्