११ असार २०८२, बुधबार | Thu Jun 26 2025


जिसस चितवनको प्रमुखमा एमालेका डल्लाकोटी निर्वाचित


0
Shares

बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन् ।

डल्लाकोटीले ११ मत ल्याए भने उनका प्रतिद्वन्द्वी अधिकारीले तीन मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी भएकी छन् । कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले तीन मत प्राप्त गरिन् ।

जिससको ९ सदस्यीय समितिमा निर्वाचित सबै एमाले पक्षधर हुन् । समितिमा निर्वाचित सदस्यहरू खिलाकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, गुनु विक, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चूडामणि महतो छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको सातओटा तहको प्रमुख, उपप्रमुखमध्ये ९ जना एमालेका तर्फबाट विजयी भएका थिए भने कांग्रेसका तीनजना र माओवादी केन्द्रका दुईजना विजयी भएका थिए । रासस