आज परिवारका सदस्यहरूसँग भेटघाट हुने र आत्मीयता बढ्नेछ । पुँजी बजारमा गरिएको लगानीले अपेक्षित साथ दिनसक्छ । नसोचेको ठाउँबाट धन प्राप्त हुने सम्भावना छ भने आकस्मिक लाभले आर्थिक पक्षलाई बलियो बनाउनेछ । आज महालक्ष्मीको स्मरण गर्दै प्राप्त लाभको केही अंश बचत वा परोपकारका लागि छुट्याउनुहोस् राम्रो हुनेछ ।

