आज दानपुण्य तथा परोपकारी गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । प्रेमसम्बन्ध अझ आत्मीय र प्रगाढ बन्नेछ । पुँजी बजारले साथ दिनसक्नेछ भने वस्त्र तथा अलंकार प्राप्तिको योग पनि छ । स्वादिष्ट भोजनको आनन्द लिन पाइने भएकाले दिन समग्रमा सुखद् रहनेछ । आज भगवान् विष्णुको स्मरण गर्दै आफूले पाएको सुख–सुविधाप्रति कृतज्ञ रहनुहोस् ।

