विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।
‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।
ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।
अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।
शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।
सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।