काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ ।