Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, शोक प्रस्ताव मात्र पारित

प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।

लोकसेवा आयोग विधेयक पारित

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधकाबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक-२०७८ पारित गरेको छ । राष्ट्रियसभाको आजै बसेको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद

जयसिंह धामी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै राष्ट्रिय सभामा सरकारको आलोचना

सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

संसद् बैठकका लागि कोभिड परीक्षण, सभामुखद्वारा स्थलगत अवलाेकन

सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति

प्रधानमन्त्री बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाए : बिडारी

काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको

राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्नुस्, ओली राष्ट्रवादी नेता हो– खिमलाल भट्टराई

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उहाँको

ओलीको संगतले महन्थ ठाकुरले छलछाम र किर्ते गर्न थाले– सांसद् यादव

उहाँले भन्नुभयो, ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’

राष्ट्रियसभाको भूमिका प्रभावकारी नभएको विधायन व्यवस्थापन समितिको ठहर

काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको