Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


दिक्तेल-खानीडाँडा-आहाले सडक निर्माणमा ठेकेदारको चरम लापरवाही, गाउँलेको सपना अधुरै

-दिवस रिजाल/ईमेजखोटाङ । खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । सडक हिलाम्मे तथा जीर्ण हुँदा र ठेकेदारले काम नगरी बेखबर हुँदासमेत सम्बन्धित निकायले चासो राखेको छैन ।