काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको जलविरे नजिकै सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी रुपमा मात्रै संचालन भएकाे छ। पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब २ घण्टा लाग्ने
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।