विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताउनुभयो । सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि स्पष्ट पार्नुभयो ।
काठमाडौं, चैत ८ । नेपाली कांग्रेसले सत्तासमीकरणका विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजेका लागि बैठक आह्वान गर्नुभएको
काठमाडौं, चैत ८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गर्नुभएको छ । पौडेल निवास बोहोराटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता
गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।
काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले नै सरकारको नेतृत्व लिने वातावरण मिलिनसकेको बताउनु भएको
प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।
बारा, चैत १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताउनुभएको छ । बाराको पचरौता नगरपालिक, बेल्दारीमा
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।
कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।