काठमाडाैं । शिक्षा विभागले रसुवाकाे भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ।