Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


मोटरसाइकल दुर्घटनामा वाईसीएल नेता पौडेलको मृत्यु

पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।

डडेल्धुरामा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

केस निमार्ण कम्पनीको सुप ००१ क १८७९ नम्बरको टिप्परमा २ जना सवार रहेको र टिप्पर ब्याक गर्दा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

२ सय ७५ कोरोना संक्रमित थपिए, ५ सय ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।

३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

बर्दियामा सवारी साधनको ठक्करबाट बालकको मृत्यु

राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।