Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


दाहालको चाहनाले सत्ता गठबन्धनमा तरङ्ग

पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई ३ वटै तहको निर्वाचनमा पहिलो बनाएर आगामी सरकारको नेतृत्व पनि आफैँ गर्ने मिसनसाथ अगाडि बढिरहनुभएको छ ।

प्रज्ञा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

मूल्यवृद्धिको विरोधमा बनेपामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताउनुभयो ।

एसपीपीका सन्दर्भमा कमल थापा– ‘प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’

उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवालाई बैठकमा उपस्थित हुन अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे निर्देशन

समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवालाई उपस्थित हुन निर्देशन दिएको हो ।

प्रधानमन्त्री सवार हेलिकोप्टरको इन्धन सकिएपछि आकस्मिक अवतरण

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार हुनुहुन्थ्यो ।

प्रधानमन्त्री र अमेरिकी सेना एसिया–प्रशान्त प्रमुखबीच भेट

प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ

प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेट

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।

काठमाडौंको फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो