युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।
एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।
यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।
काठमाडौं, भदौं १ । सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको
खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।
नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।
शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो ।
बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।
केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिनुभयो ।