काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गर्नुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । शिक्षामन्त्री भट्टराईले भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको…