तेह्रथुम, चैत २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बसन्तपुर बजारमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको छ । नगरपालिकाले तीनजुरे सिकाई केन्द्र स्थापना गरी धार्मिक, पुरातात्विक, ऐतिहासिक जस्ता विभिन्न किसिमका पुस्तकहरु निःशुल्क अध्ययन गर्ने वातावरण बनाएको हो । पुस्तकालयमा विभिन्न विषयका पुस्तकहरु भए पनि जातजातिका पुस्तकहरुको अध्ययन गर्ने क्रम बढेको पुस्तकालयका कर्मचारी लक्ष्मी पौडेलले…