काठमाडौं । हत्याको आशंकामा डडेल्धुराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–४ का आषिश बराल, डोटीकै दिपायल सिलगढी नगरपालिका–६ का पूजन सोप र पर्शुराम नगरपालिका–१२ डडेल्धुराका…