काठमाडौँ । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार…