काठमाडौं । नेपाली कांग्रेसको काठमाडौमा जारी १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको भन्दै फोटो पत्रकारहरुले विरोध गरेका छन् । फोटो पत्रकारहरुले भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा डाउन गरेर विरोध जनाएका हुन् ।फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले…