काठमाडौं । मल्लकालीन युद्धको झझल्को दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदैछ । बडादसैं अन्तर्गत एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा सम्पन्न गरिन्छ । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा ढाल, खड्ग तथा तरबारसहितको युद्ध कवाज प्रदर्शन गर्ने चलन छ । गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल…