काठमाडौं । सत्तारुढ दलका सांसदहरुले पशुपतिनाथको जलहरी प्रकरणको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति बताउनु पर्ने माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसदमा गराउन माग गर्नुभयो ।…