काठमाडौं । गणेश चतुर्थी पर्व पनि आजै परेको छ । भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी भन्ने गरिए पनि यो पर्व चुतर्थीको ब्रत समेत आजै परेको हो । यस अवसरमा भगवान गणेशको पूजा आराधना गर्ने गरिन्छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेश…