Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


तलेजु भवानी मन्दिर आज खुल्ला रहने

काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने परम्परा रहेको छ । तलेजु भवानीको मन्दिरमा दर्शन तथा पूजा गर्न आउने भक्तजनहरुको बिहानैदेखि लाम लागेको…