जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्य सोमबारसम्म चल्नेछ। सोमबार रामललाको प्राणप्रतिष्ठा हुँदैछ। यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो । सोमबार राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास,…