Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


रामजानकी विवाह : जनकपुरधाममा दर्शनार्थीको घुइँचो

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुनेगर्छ…