काठमाडौं । आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ । आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने भन्दै नेपाली समाजमा आज आमाको सम्मानार्थ यो पर्व मनाउने गरिन्छ । छोराछोरीले आज आमालाई मीठामीठा खानेकुरा, लुगालगायतका उपहार दिएर खुशी बनाउने परम्परा रहेको छ ।…