काठमाडौं । आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल…