Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

काठमाडौं, चैत ३० । विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले कार्यालयमा तोडफोड भएको जनाउनुभएको हो । अध्यक्ष र महासचिवको कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् । ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले बताउनुभयो ।