शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका एक २२ वर्षीय युवक दशैँको टीकाको दिनदेखि बेपत्ता भएका छन्। मानेभञ्ज्याङ गाउँपालिका–३ सोदुखेतका प्रख्यातहरि क्याम्पा राई कात्तिक ४ गते साँझदेखि सम्पर्कविहीन भएका हुन्। ओखलढुंगा र खोटाङको सीमास्थित जयरामघाटबाट बेपत्ता भएका उनको परिवार, आफन्त र स्थानीयवासीले खोजी गरे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। युवक बेपत्ता भएको घटनाबारे…